जिन्दगीका प्रत्येक कुनामा, प्रत्येक भेटमा अनि
प्रत्येक पलमा सकारात्मक सोच्नु के गलत हो ?
प्रत्येक सामिप्यतामा अनावश्यक रितले
कोचिदिएका अनि अनावश्यक उघ्राईदिएका
प्रत्येक प्रहारहरुलाई प्रेमप्वलित भाषामा बुझ्नु अनि
त्यसलाई आफ्नोपन सम्झनु के गलत हो ?
मेटाईसकेका
ती प्लवनहरुलाई सत्यरुपमा अनि अहिँसात्मक
यथार्थताको कथित एउटा विशाल वृक्षमा फुलाउन
खोज्नु के गलत हो ? आफुहरुसँग हुदा नहुदैपनि
वन्धुहरुसँग नाटक गरि अझ भनौ दुश्मनी राखी
मगाईएका ती अतितका प्रचण्ड पुरस्कारहरुको दर्शन
अनि रोच के गलत हो ?
मुस्कुराईरहेको मिस्टर यस आज एक कुनामा थला परेको
छ । पिछडिएको छ । सोच्दै छ भयानक दृश्यहरु यी
डायरीका प्रत्येक पानाहरुमा । जीवनको
यथार्थतामा अनि सार्थकतामा टेक्नै नपाएको
सनसीक कँहा आफ्नो मुटुका प्रत्येक भल्भहरुलाई
ठेसदिने रक्तकेसीकाको आकारप्रकार बुझोस कि
ती आकार मसिना सिया जस्तै छन कि मुसलनै
बनेका छन भनेर । प्रत्येक भावमा छचल्किएका ति
अतिशयोक्तीका थोपाहरु बुझेर के नै भो र
सकारात्मकतामा एउटा अर्धानिएको अवस्था छ ।
कथित भ्रमित त्यो भयङ्कर विषयबासनाबाट
उन्मुक्त यो कलिमा कँहा स्थान छ यहाँ अपनत्विक
प्रेमको । के प्रत्येक अपनत्वता झुठो थियो ? निर्मम
थियो ? कि कुनै स्वार्थसिद्धीको निम्ती थियो ?
अरुलाई अपमानीत गरेर मानीसहरु आफु सम्मानीत
भएको कसरी अनुभव गर्न सक्छन होला ? गितामा
हातराखी साँचो बोलेझै गरि पछाडीबाट
मानीसहरु कसरी झुठो बन्चरो ताक्न सक्छन
होला ? यो कुरा मैले आजसम्म बुझ्न सकेको छैन ।
बुझ्ने उत्सुकता अनि लालचा नी छैन किनकी
अन्त्यमा त्यो लालचा अझ भनौ उत्सुकता नी
गथासो सत्य भई जमिरहन्छ । त्यसैले विकल्पको
नाममा अव त्यो गथासो सचलाई गुप्त षडयन्त्रबाट
विचलीत गराई केवल होम्नुमात्र बाँकी छ ।
No comments:
Post a Comment