Thursday, July 2, 2015

धेरै पटक जन्मिदा

जीवनका अनगिन्ती पाईलाहरु,
अनगिन्ती सोँचहरु, अनगिन्ती सपनाहरु अनि
संबन्धहरुबाट
अझ भनौ कागको आवाजमा कोईलीरहेका हजारौँ
मोडहरुबाट
म अझैपनि टाढिएको छैन ।

त्यसमै रुमल्लीराछु त्यसमै
खेलीराछु एउटा जिन्दगीको अनुपम उपहार सम्झेर ।
आजसम्मका प्रत्येक पलहरु, क्षणहरु, खुसीका लहरहरु,
दुख:मा मनभुलाउन सोचीने ति आवश्यक शब्दहरु,
एकैछिनको ओँठको हासो, अनि एकैछिनमा हुने
मुस्कानको फिक्कापन । तनावमा आऊने ति प्रत्येक
दुस्साहस हरु प्रत्येक हिम्मतहरु अनि बिस्तारै
बिलाउने
ती भावनाहरु । जिन्दगीमा गरिएका प्रत्येक
पागलपनहरु
अनि गरिएका प्रत्येक सराहनिय पक्षहरु ।
आदि ईत्यादी ती अनेकन कुराहरु संपुर्णको शुरुवात
मेरो भ्रूणित अवस्थामै भाको हो ।

हो त्यसको
शुरूवात
मेरी आमाले गरेकीहुन पलपलका आनन्दित ती चोटहरु
सहेर
अनि सँगसँगै समाजका ती प्रत्येक वाणहरु सहेर ।
आज म जति ठुलो भएनी जति खुड्कीलो पार गरेपनी

तिम्रो त्रृण कहिल्लै चुक्ता गर्न सक्दैन । केवल सक्छु
तिम्रो महिमा गाउन तिमीलाई साथ दिन ।
हो साच्ची तिमी महान छौ । कति खप्छौ अझै
चोट
एकपटक हाँसेर त हेर मेरी आमा ।

No comments:

Post a Comment