दुई चङ्गा आकाशमा उडेका किन नहोउन । हावाले
गर्दा उनिहरुबिच मिलाप नबनाएको पनि किन
नहोस । तर सत्य के हो भने उडाउनेले कुनै एक चङ्गा
खिचेमा मिलाप बिछोडिन्छ । त्यस्तै हावाले कुनै
एक चङ्गा चुटाईदिएर अर्कोसँग मिलाई दिएनी अझ
भनौ अल्झाईदिएनी ति चङ्गाहरु अधुरा हुन्छन ।
चुट्ने
चङ्गाको कुनै अतित हुदैन, पृष्ठभुमी हुदैन अनि भुईमा
खस्छ यात जब उडाउनेले नचुटेको चङ्गा नगिच खिच्छ
अनि उ नगिच आउनै पर्छ तब उडाउनेले स्वयम् रसि
फुकाई फ्याकिदिन्छ । अनि एउटा चङ्गा अर्को
चङ्गासँग कसरी मिल्छ त ?
भर्खरै खेल्ने उमेरका केटाकेटिहरुले उक्त फ्याकिएको
चङ्गा भेटाई पुन: गासेनी, त्यसलाई गासिएकै
भनिन्छ । सग्लो कहिल्लै भनिदैन । अब त्यो
चङ्गाको रोच के त नी ! त्यसको अस्तित्व के ?
तर चङ्गाहरु धेरै जसो उत्सवमा उडाईन्छन । हो
खुसियालीमा उडाईन्छन । त्यहि त खुसी लाग्छ कि
चुट्ने चङ्गाले नी उडाउनेलाई आफ्नो जीवन्त खुसि त
दियो नै ।
यति मात्र फरक छ कि नचुट्ने चङ्गालाई
पुन: उत्सवमा उडाईन्छ तर चुटेको चङ्गा चटक्कै
विरक्तिन्छ र फ्याँकिईन्छ । गासीएको चङ्गा त
बालबच्चाको खुसी बन्छ तर भुईमा खस्ने चङ्गा
कहिल्लै उडाईदैन ।
No comments:
Post a Comment