वर्सौ पछि आज एउटा, भेटिआए कालोगुलाब !
ओइलाएको शंका मेरो, मेटि आए कालोगुलाब !!
आगो जस्तै भर्भर भर्भर, बोलिदिने बोल्नखोज्ने,
हासोभित्र रहेको मौनता, देखि आए कालोगुलाब !!
अनुहारका भित्री पाना, बर्बर दुखित पिडित पनि,
खुसी त्यो विसयसुची, समेटिआए कालोगुलाब !
खुला हृदय , आनिबानी व्यवहारमा वोधिएको,
खुल्ला हासोको पुलमाथी, टेकि आए कालोगुलाब !!
No comments:
Post a Comment