Tuesday, August 2, 2016

भो गोरि खोज्दिन है !!

तिमिसँग नचाहिदो जोरि खोज्दिन है !
पागल बनी आफैभित्र मरि खोज्दिन है !!

तिम्रो स्वभाव तिम्रोनै हो, स्वतन्त्र छौ त्यस्मा तिमी,
खेस्रामा आवश्यक स्वभाव भनी कोरि खोज्दिन है !!

असल, खराब भन्ने कुरा चरित्रमा भर पर्छ,
कालिलाइ नेप्टी भनी गोरि खोज्दिन है !!

मनले खोजे भने हुन्छ, वाध्य छैन भन्न यहाँ,
अरु कसैको दिल आफै चोरी खोज्दिन है !!

-२०७० साउन ११
डायरिको पानाबाट

No comments:

Post a Comment